Buddha Jayanti-1

Buddha Jayanti-1

नमस्कार 
विश्व शान्तीका अग्रदुत भगवान् गौतम वुद्धको २५ सय ६०औं जन्म जयन्ती, यस बर्ष विश्वभर बिभिन्न कार्यक्रम गरी मनाईंदैछ । हामी सँपुर्ण नेपालीहरु र बौद्ध धर्मका अनुयायीहरुले वुद्धलाई एक सम्यक सम्बुद्ध अर्थात महाज्ञान प्राप्त भएका व्यक्तिका रुपमा पुज्दछन् । वुद्ध जयन्तिका अवसरमा नेपाल सहित विश्वभरका वुद्ध धर्मावलम्बीहरुले वुद्धका सन्देशयुक्त प्रवचनहरु सुनाउँदछन् । धर्मसभाहरु आयोजना गर्दछन् । वुद्ध जयन्तीका अवसरमा बौद्धविहार, मठ तथा गुम्बाहरुमा विशेष कार्यक्रम हुने गर्दछ भने वौद्ध तिर्थस्थल लुम्बिनी र काठमाडौंको स्वयम्भूमा ठुलो मेला लाग्दछ । यसरि नै  वुद्ध जन्मस्थल लुम्बिनीमा विश्वभरका लाखौं बौद्ध धर्मावलम्बी, भिक्षु भिक्षुणी तथा श्रद्धालु भक्तजनहरु वुद्धप्रति श्रद्धाभाव प्रकट गर्न सहभागी हुन्छन् ।  - बेलायतको रेडिंगमा बस्ने हामी नेपालीहरुले पनी रेडिंग नेपाली समाजको पहलमा बिभिन्न सँघ सँस्थाहरु मिली संयुक्त रुपमा बुद्द जयन्ति मनाऊने निर्णय यहाँहरु समक्ष निबेदन गर्न पाऊँदा हामीलाई ज्यादै खुसी लागेको छ ।  
 
२५६०औँ बुद्द जयन्ति समारोह २०७४ , Reading 
स्थान :- Rivernead Leasure Centre, Reading 
RG1 8EQ   
Date:- 10th May 2017
Time :-9Am - 6 Pm 
सहभागी सँस्थाहरु 
१ ग्रेटर रेडिंग नेपाली समाज (GRNCA) 
२ माने सँघ रेडिंग 
३ तामांग घेदुंग सँघ रेडिंग 
४ रेडिंग तमु समाज
५ मगर समाज रेडिंग 
६ पासापुसा रेडिंग 
७ क्षत्रि समाज रेडिंग 
८ ठकुरी समाज रेडिंग 
९ किँरात समाज रेडिंग 
१० फर्गटन ब्रिटिश गोर्खाज 
११ रेब्गा रेडिंग 
१२ गेसो रेडिंग 
१३ अामा समूह रेडिंग 
१४ पेनी फ़र नेपाल रेडिंग 
 
ऊपरोक्त सँबन्धमा  सबै सँघ सँस्थाहरुको सँयुक्त बैठक यहि May 7 तारिखको दिन निम्न लिखित स्थान र समयमा हुने कुरापनी निवेदन गर्न चाहन्छु । 
स्थान :- The Warehouse Reading 
Time: : 2Pm 
 
हाल सम्ममा भएका तैयारी यस प्रकार छन् । 
1. Hall booking को लागी  payment भैसकेको छ । 
2.) भोजन दानको लागी Viver Group भोलीबाट संचालनमा आऊने छ । 
3.) पुजापाठको लागी लामा गुरुज्युहरुसंग अग्रिम अनुरोध तथा स्वीकृति लिईसकिएको छ 
4.) सँयुक्त banner को लागी गृहकार्य भैरहेको छ । 
5.) Hall decoration र भोजन ब्यबस्थापनको लागी कुराकानी अगाडि बढिरहेको छ । 
अन्तमा उपरोक्त संबन्धमा प्रचार प्रसारको लागी यहाँहरु सबैमा हार्दिक बिनम्र अनुरोध गर्न चाहन्छु । कृपया यहाँहरुका आफ्नो समाज तथा सँघ सँस्थाको Viver Group , Website र Facebook pages मा पनी यो सुचना प्रवाह गरिदिनुहुनेछ भन्ने पुर्ण बिश्वास लिएको छु । धन्यबाद 
भबदिय 
ओमकार अधिकारी 
महासचिब 
GRNCA 
 
Buddha Jayanti-1

6th Feb, 2020

09:00 AM